749,513 total views, 464 views today
काठमाडौँ – तिहारको चौथो दिन आज गाई, गोरु र आत्म अर्थात म्ह पूजा गरिँदैछ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आजै आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा पूजा गर्ने प्रचलन बसेको हो । आजै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । आज बिहान ११ बजेर २७ मिनेसम्म औँसी तिथि छ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा आजै गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।
अन्य खवर
१९९० सालमा भूकम्प गएको सम्झनामा आज देशभर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
देशभर आज र भोलि भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाइँदै
जनकपुरमा पूर्व राजा र हिन्दु धर्मको पक्षमा जनलहर