Site icon States Khabar

आफ्नो उपचार खर्च आफै व्यहोर्ने डाक्टर केसीको भनाई

कार्तिक २९, काठमाडौं

कोरोना संक्रमित बनेका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै व्यहोर्ने बताएका छन् । सरकारले डाक्टर केसीको उपचार खर्च व्यहोर्ने भनेता पनि डाक्टर केसीले आफ्नो उपचार खर्च आफै व्यहोर्ने बताएका हुन् ।

उनले व्यक्ति विषेशको उपचार खर्च व्यहोर्नुभन्दा कोरोना सङ्क्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक रहेको छ उनीहरूको उपचार खर्च ब्यहोरेर सरकारले अाफ्नाे दायित्व पूरा गर्नुपर्नेमा जोड़ दिएका छन् ।

“कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।” प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमा लेखेका छन्, “उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।”

डाक्टर केसीले प्रधानमनत्रीकाे स्वास्थ्य लाभकाे कमनाप्रति कृतज्ञता प्रकट गरेका छन् ।

Exit mobile version