749,075 total views, 26 views today
कार्तिक २९ , काठमाडौँ
भारत र पाकिस्तानी सेनाबीच जम्मु–कस्मीरस्थित नियन्त्रण रेखामा शुक्रबारदेखि लगातार भीडन्त भएको छ । भीडन्तमा परी भारतका पाँच सुरक्षाकर्मी र ६ जना सर्वसाधारणको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।
यस्तै पाकिस्तानतर्फ तीन कमाण्डरसहित ११ सैनिकको मृत्यु भएको बताइएको छ । पाकिस्तानी पक्षले नियन्त्रण रेखानजिक रहेको गुरेज र उरीसमेत धेरै स्थानमा गोली हानेको भारतीय सेनाले आरोप लगाएको छ । पाकिस्तानी सेनाले पनि भारतमाथि संघर्षविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
पाकिस्तानको मुजफ्फरावादस्थित स्टेट डिजास्टर म्यानेजमेन्ट अथोरिटीले विज्ञप्ति जारी गर्दै भारतीय सेनाले नीलम र झेलम भ्यालीमा सिजफायर उल्लंघन गरेको बताएको छ ।
अन्य खवर
नेपालका प्रधानमन्त्री तथा अन्य नेताले दिए अमेरिकी नव निर्वाचित नेतृत्वलाई बधाई
बाइडेन अमेरिकाका ४६औं राष्ट्रपति निर्वाचित
भारतीय विमानलाई चीन प्रवेशमा रोक