डिसेम्बर 23, 2024

डा. गाेविन्द केसीलाई काेराेना संक्रमण

 749,443 total views,  394 views today

कार्तिक २८, काठमाडौं

सत्याग्रही डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षणहरू देखा परेपछि गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएकाे हो ।

उनलाई बिहीबार सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखा परेका थिए ।

केसीको हाल महाराजगञ्ज स्थित त्रिभुवभन विश्वविद्यालय टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपाचार भइरहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् । उनलाई स्वासप्रस्वासमा समेत समस्या देखिएको सुवेदीले बताए ।

चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि लड्दै आएका केसी हाडजोर्नी विशेषज्ञ हुन् ।