749,687 total views, 106 views today
कार्तिक २८, बालुवाटार
दुई अध्यक्षबीच हुँदै नभएको कुरालाई अतिरञ्जना गरेर बाहिर ल्याएको भन्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अरोप लगाएका छन् । प्रचण्डलाई सम्बोधन गरेर ओलीले लेखेकाे पत्रमा यस्तो आरोप लगाइएको हो ।
गुटबन्धी गरेको भन्दै अध्यक्ष प्रचण्डमाथि ओलीले आक्रोशसमेत पोखेका छन् ।
पत्र प्रचण्डलाई सम्बोधन गरिएको र सचिवालयका अन्य सदस्यलाई बोधार्थ पठाइएको स्रोतले जनाएको छ ।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिबार बुझाएको पत्रको जवाफमा प्रधानमन्त्रीले आठ पृष्ठ लामो पत्र प्रचण्डलाई सम्बोधन गरि अन्य सचिवालयका सदस्यलाई बोधार्थ पठाएका हुन् ।
गत शनिबार सचिवालयको बैठकका लागि बहुमत सचिवालय सदस्यले लिखित ध्यानाकर्षण बुझाउन जाँदासमेत प्रधानमन्त्री ओली प्रचण्डसँग आक्रोशित बनेको खुल्न आएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई