749,693 total views, 112 views today
कार्तिक २८, काठमाडौं
पूर्व अर्थमन्त्री युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदुतमा अनुमोदित भएका छन् । सरकारले गरेको सिफारीसमा संघीय संसद् संसदीय सुनुवाई समितिले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदुतमा अनुमोदित गरेको हो ।
यससँगै सरकारले गरेको सिफारीतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्मालाई क्रमशः बेलायत र दक्षिण अफ्रिकालागि नेपाली राजदुतमा संघीय संसद् संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।
खतिवडा, रेग्मी र विश्वकर्माको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको बिहीबारको बैठकले उनीहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले बताए ।
आर्थिक कूटनीतिलाई प्रबद्र्धन गर्दै मुलुकमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता तिनैजना राजदुतहरूले व्यक्त गरेकाछन् । राजदूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेशाव्यवसाय गरी रहेबसेका नेपालीको हितमा काम गर्ने बताउँदै उनीहरुले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्योउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन भरमग्दुर प्रयास गर्ने अठोट पनि व्यक्त गरेका थिए ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई