जुन 18, 2025

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पाँचौँपटक स्थगित

 787,783 total views,  85 views today

nepali congress

कात्तिक २७, काठमाडौँ

आज भनिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पाँचौँपटक स्थगित भएको छ । बैठक भोलिसम्मका लागि स्थगित गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब भोलि दिउँसो १ बजे कार्यसमितिको बैठक बस्नेछ । पार्टीभित्रको विवादका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डेढ महिनादेखि बस्न सकेको छैन । विवादित विषयमा शीर्ष तहमा सहमति भएपनि तयारी पूरा नभएकाले बैठक सारिएको कांग्रेस नेताहरूको भनाइ छ ।