Site icon States Khabar

नेपालका प्रधानमन्त्री तथा अन्य नेताले दिए अमेरिकी नव निर्वाचित नेतृत्वलाई बधाई

कार्तिक २३, काठमाडौं

आमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी जो बाइडनलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बिधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री ओलीले बाइडनलाई बधाई दिएका हुन् । 

‘‘निर्वाचित राष्ट्रपति जो बाइडन र निर्वाचित उपराष्ट्रपति कमला हेरिसलाई ऐतिहासिक जितकालागि मनैदेखि बधाइ दिन चहान्छु ।’’ प्रधानमन्त्री ओलीले लेखेका छन् ‘‘म हाम्रा दुई देशबिच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन अमेरिकाको नव नेतृत्वसँग नजिकबाट सहकार्य गर्ने आशा गर्दछु ।’’

यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि नव निर्वाचित अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई दिएका छन् ।

कांग्रेसका अर्का नेता गगन थापाले अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई फेरि उदार लोकतन्त्र, सहकार्य र बहुपक्षीयता तर्फ डोर्‍याउँछ भन्नेमा विश्वास पलाएको बताएका छन् । 

‘‘ अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई फेरि उदार लोकतन्त्र, सहकार्य र बहुपक्षीयता तर्फ डोर्‍याउँछ भन्नेमा विश्वास पलाएको छ ।’’ थापा लेख्छन् ‘‘निःसन्देह, यो नतिजनले हाम्रो घर भित्रका र अन्य तिरका पनि अनुदार, जिङ्कोइस्टिक र आत्मरतिमा अभिभूत नेता र सरकारलाई तह लगाउन प्रयत्नशील सबैलाई प्रेरित गर्नेछ ।’’

नव निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको सक्षम नेतृत्वमा नेपाल– अमेरिका सम्बन्ध अझ फस्टाउने आशा व्यक्त गर्दै पुर्व प्रधानमन्त्री तथा जसपाका नेता बाबुराम भट्टराईले पनि जो बाइडनलाई र कमला हेरिसलाई बधाइ दिएका छन् ।

Exit mobile version