749,224 total views, 175 views today
काठमाडौँ –
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच सदस्यले औपचारिक बैठक बोलाउन अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई लिखित रुपमा आग्रह गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकको निष्कर्षअनुसार सचिवालयका पाँच सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित आग्रह गरेका हुन् । औपचारिक बैठकबाटै निकास खोजिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
बैठक बोलाउन लिखित आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लिखित आग्रह गर्न बालुवाटार जानुभएको हो । यद्यपि ओलीले बैठकबारे कुनै जवाफ दिनुभएको छैन । यस्तै पछिल्लो समय ओली र प्रचण्डबीच छलफल हुँदै आएको भएपनि सहमतिको साटो झन् भनाभन भएको थियो ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई