764,269 total views, 134 views today

काठमाडौँ
सत्तारूढ दल नेकपा सचिवालय समितिका बहुमत सदस्य पार्टी कार्यालय धुम्बाराहीमा आज (शनिबार) पनि छलफ गरिरहेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय एक घण्टा सारेपछि नेकपाका कार्यकारी अध्यक्षसहितका बहुमत सदस्य धुम्बाराही छलफलमा जुटेको स्रोतले जनाएको छ। शुक्रबार प्रचण्डले राखेको अनौपचारिक बैठकले शनिबार सामूहिक भेट गरेर औपचारिक बैठकको आग्रह गर्ने निर्णय गरेको थियो।
सोहीबमोजिम आज बिहान ९ बजे समय दिएका ओलीले एक घण्टा पछि भेट्ने भनेपछि बहुमत सचिवालय सदस्य पार्टी कार्यलय पुगेका हुन्। पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको बैठकमा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम धुम्बाराही पुगिसकेको स्रोतले जनाएको छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई