अप्रिल 8, 2025

आज प्रधानमन्त्री ओली र भारतीय सेना प्रमुख नरवणेबीच भेटघाट हुँदै

 764,297 total views,  28 views today

कार्तिक २१ ,काठमाडौँ

आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेसँग भेट्दैछन् । उनीहरुको बीचमा कति वजे भेटहुने कार्यक्रम तय नभए पनि लगभग २ बजे बीचमा भेट हुने बताइएको छ । भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ । दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।
प्रधानमन्त्री ओली र भारतीय सेना प्रमुख नरवणेको भेटघाटलाई विशेष रुपमा लिएको छ । उनीहरुको बीचमा विशेष संवाद हुने सम्भावना रहेको बताइएको छ । दुई देशबीचमा देखिएको पछिल्लो सीमा विवाद र संवादहिनताको विषयमा दुई पक्षको बीचमा कुराकानी हुने बताइएको छ ।