Site icon States Khabar

बिहिबारदेखि लाइसेन्स नवीकरण खुल्यो, स्वास्थ्य सर्तकता अपनाएर वितरण गरिने

काठमाडौँ –

बिहिबारदेखि यातायात व्यवस्था कार्यालय ललितपुरले सवारी चालक अनुमतिपत्र लाइसेन्स नवीकरण कार्य खुल्ने भएको छ । तीव्र रूपमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि ललितपुरस्थित यातायात व्यवस्था कार्यालयले भदौ १ गतेदेखि सेवा बन्द गरेको थियो । नयाँ लाइसेन्स सम्बन्धी सेवा भने अघिल्लोपटकको चैतमा लकडाउन भएदेखि नै बन्द थियो । सेवाग्राहीको चाप बढेसँगै सामाजिक दूरी कायम गराउन नसकिएपछि सेवा बन्द गर्नु परेको विभागको भनाइ छ । स्वास्थ्य सर्तकता अपनाएर बिहीबार सेवा खुला गर्न लागेको कार्यालयले जनाएको छ । लामो समय सेवा बन्द रहँदा सर्वसाधारण मारमा परेका थिए । नयाँ लाइसेन्स लिनेदेखि नवीकरण गराउनुपर्नेहरू समेत समस्यामा परेका थिए । देशभर कोरोना संक्रमणको जोखिम बढेको छ । काठमाडौँ उपत्यकामा त झनै त्रास बढेको छ । संक्रमणकै बहानामा सेवा बन्द गरिरहनु उपयुक्त हुँदैन । तर यस्तो वेला कार्यालयबाट सेवा लिँदा वा दिँदा पूर्ण स्वास्थ्य सावधानी अपनाउनुपर्ने देखिन्छ ।

Exit mobile version