Site icon States Khabar

भारतीय विमानलाई चीन प्रवेशमा रोक

कार्तिक २१, दिल्ली

भारतमा अवस्थित चिनियाँ राजदुतावासले बुधबार एक विज्ञप्ति मार्फत भारतीय विमानलाई चीन प्रवेशमा रोक लगाइएको जानकारी दिएको छ । एयर इण्डियाको गत अक्टोबर ३० मा भएको दिल्ली – उहान उडानमा २० यात्रुहरूमा आगमन सप्ताहमा कोभिड १९ संक्रमण पुष्टि भएपछि यस्तो निर्णय लिइएको हो।

यससँगै एयर इण्डियाको नोभेम्बर १३ देखि डिसेम्बर ४ सम्मका लागि तय भएको उडानमा प्रभाव पर्ने देखिएको छ ।

शुक्रबारको लागि तय भएको दिल्ली – उहान – दिल्ली पुर्व निर्धारित उडान यसै कारण रद्द भएको भारतीय वायुसेवाका एक अधिकारीले जानकारी दिए ।

चीनले समान किसिमको कारण देखाइ फ्रान्स, रुस, इटाली, युक्रेन, इथोपिया, बेलायत, बंग्लादेश, फिलिपिन्स र बेल्जियमका यात्रुहरूलाई पनि चीन प्रवेशमा रोक लगाएको छ ।

“कोभिड १९ महामारीका कारण, यो घोषणा गरिन्छ कि, भारतमा भएका आधिकारिक भिसा वा बसोबासको अनुमतिपत्रधारी विदेशी नागरिकलाई केही समयकालागि चीन प्रवेशमा रोक लगाइएको छ । माथि उल्लेखित विधाका भिसा वा बसोबास अनुमतिपत्रधारीलाई ‘हेल्थ डिक्लिरेसन फम’मा चिनियाँ राजदुतावासले छाप लगाउने छैन् ।” भारतमा अवस्थित चिनियाँ राजदुतावासले बुधबारको उक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।

Exit mobile version