749,106 total views, 57 views today
कार्तिक २०, काठमाडौं
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख नरवणेलाई उपाधि प्रदान गरेकी हुन् ।
नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे तिन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका थिए ।
आजै प्रधानसेनापति थापा र भारतीय सेना प्रमुख नरवणे बीच भेटवार्ता भएको थियो । भेटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेना जानकारी दिएको छ ।
जङ्गी अडमै आयोजित अर्को एउटा कार्यक्रममा नरवणेले फिल्ड अस्पताल स्थापनाको लागि सेनालाई एम्बुलेन्स, उपकरणहरू तथा अन्य स्वास्थ्य सामग्रीहरूका साथै भेन्टिलेटरहरू हस्तान्तरण गरेको सेनाले जनाएको छ ।
यस्तै नेपाली सेनाको तर्फबाट पनि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा दिइएको थियो ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई