Site icon States Khabar

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो वाइडन जित नजिक, निर्वाचनमा धाधली भएको राष्ट्रपति ट्रम्पको आरोप

कार्तिक २० , काठमाडौँ

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । पछिल्लो मतगणना अनुसार बाइडेनले २६४ इलेक्ट्रोल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्ट्रोल मत पाएका छन् ।

वाइडनलाई अब जित्न आवश्यक २७ इलेक्ट्रोल मत आवश्यक रहेको छ । वाइडनले अब दुई राज्य नेभाडा र एरिजोनामा अहिले बनाएको अग्रता कायम राखेमा निर्वाचन जित्ने भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मत गणनामा धाधली भएको भन्दै कानुनी दाउपेचमा लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले हुलाकमार्फतको मतदानमा धाधली भएको भन्दै ति मत गणना हुन नहुने बताउदै आएका छन् । राष्ट्रपतिमा निर्वाचित हुन पाँच सय ३८ इलेक्ट्रोल कलेज मत मध्ये दुई सय ७० मत आवश्यक पर्छ ।

Exit mobile version