डिसेम्बर 23, 2024

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी दिईदै

 749,383 total views,  334 views today

कार्तिक २० , काठमाडौँ

आज भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न दिने कार्यक्रम तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सो उपाधि प्रदान गर्ने सेनाले जनाएको छ ।

उनले त्यहीँ राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । नरवणेको यो भ्रमणसँगै सीमा विवादका कारण नेपाल र भारतबीच चिसिएको सम्बन्ध सुधारको अपेक्षा दुवै देशले गरेका छन् ।

बुधबार भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल पुगेका उनी धार्मिक भ्रमणमा निस्किएका छन् । उनले धार्मिक भ्रमणका क्रममा नेपाली ढाका टोपी लगएका छन् । पत्नी विनासहित उनले बुधबार वसन्तपुरमा जीवित देवी कुमारीको दर्शनसमेत गरेका छन् । त्यसलगत्तै उनी पशुपतिनाथको दर्शनका लागि गौशाला पुगेका थिए ।