Site icon States Khabar

पोखरामा प्याराग्लाइडिङ् गर्नेको संख्या बढ्यो

Tourism

कार्तिक २०, पोखरा

पोखरामा प्याराग्लाइडिङ् गर्नेको संख्या बढेको छ । आन्तरिक पर्यटक बढेसँगै पोखरामा प्याराग्लाइडिङ् गर्नेको संख्या पनि बढेको हो।

बन्दाबन्दीका कारण लामो समय घरमै निस्सासिनु परेको हुनाले हाल आन्तरिक पर्यटनमा वृद्धि भएको हुनसक्ने पर्यटन व्यवसायीहरूकोअनुमान छ ।

“सामान्य दिनमा अधिकतम दैनिक दुइवटासम्म फ्लाइट हुन्थ्यो।” प्याराग्याइडिङ् पाइलट सुरेश नेपालीले स्टेटस् खबरसँग भने, “यो सिजनमा मेरो एकै दिन दुइभन्दा धेरै फ्लाइट पनि भयो।”

हाल पोखरामा ३ सयभन्दा बढी प्याराग्लाइडिङ् पाइलट कार्यरत छन् भने ५० वटा प्याराग्लाइडिङ् कम्पनी संचालनमा छन् ।

आन्तरिक पर्यटक संख्या बढेसँगै स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै नेपाल हवाई खेलकुद संस्था (ना) ले एउटा पाइलटले एक दिनमा दुइवटा मात्र फ्लाइट गर्न पाउने नियम बनाएको छ । गत १७ गते बसेको बैठकले उक्त निर्णय गरेको संस्थाका महासचिव बलराम आचार्यले बताए ।

आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्याराग्लाइडिङ् कम्पनीहरूले शुल्कमा ४० प्रतिशतसम्म छुट दिइरहेको आचार्यले जानकारी दिए ।

पोखरा नेपाल घुम्न आउने बाह्य पर्यटकको अग्रणी रोजाइमा रहेता पनि यस वर्ष भने कोरोना महामारीका कारण बाह्य पर्यटकको संख्या शुन्यप्राय रहेको छ ।

Exit mobile version