कार्तिक १९, काठमाडौं
विर अस्पतालका १६ जना चिकित्सकले राजिनामा दिएका छन् । अस्पतालको आकस्मिक कक्षमा काम गर्ने १६ जना चिकित्सकले सामूहिक राजिनामा दिएका हुन् ।
अस्पताल प्रशासनले आफ्नो माग पुरा नगरेको भन्दै उनीहरूले निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन् । दसैं भत्ता नपाएको, तलब उपलब्ध गराउँदा एकदिनको तलब काटिएको, हप्ताको ९६ घण्टा काम लगाइएको उनीहरूको आरोप छ ।
विर अस्पतालका अन्य स्वास्थ्यकर्मीहरू पनि लामो समयदेखि आन्दोलनरत छन् । नेपालमा कोरोना महामारी सुरू भए लगतै अस्पतालले दिदै आएको नियमित भत्ता नदिएको, कोरोना उपचारमा अग्रपन्तिमा खटिएकाे कर्मचारीका लागि तोकिएको जोखिम भत्ता नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।