749,488 total views, 439 views today
कार्तिक १८, काठमाडौँ
नेपाली कांग्रेसले पार्टीको केन्द्रिय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । आज बसेको केन्द्रिय कार्यसमितिको आकश्मिक बैठकले प्रतिनिधिसभा सांसद समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
कांग्रेस नेता पूर्णबहादुर खड्काले कात्तिक १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको बताउनुभयो ।
यस्तै १९ गते सबै कार्यालहरु बन्द गर्ने र केसीको निधनको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका ७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई