749,423 total views, 374 views today
कार्तिक १८, काठमाडौँ
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको छ ।
पार्टीको आन्तरिक विवाद, महाधिवेशनको तयारी र महामारी नियन्त्रणका लागि सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको विषयमा बैठकमा छलफल भएको हो । कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशन केन्द्रित छलफल भएको बताउनुभएको छ । उहाँले पार्टी भित्र देखिएको मत भिन्नता र महाधिवेशन हुने/नहुने विषयमा देखिएको अन्यौलताका विषयमा पनि छलफल भएको बताउनुभयो ।
यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको सरकार विरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । कोरोना संकटको बेला सरकार संवेदनशील नभएको उल्लेख गर्दै उहाँले जनताको सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा भोली बस्ने पदाधिकारी बैठकले स्पष्ट पार्ने र केन्द्रिय समिति बैठकमा निर्णय गरेर अगाडी बढ्ने बताउनुभयो । बैठक भोली पनि बस्ने छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई