कार्तिक १८ , काठमाडौँ
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्र बैंकको एटीएम फोडदै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाण रहेका छन् ।
आइतबार राति महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो । पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा खाणलाई पक्राउ गरिएको कालीमाटीका डीएसपी अपिलराज बोहोराले बताए । पक्राउ परेका खाणलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी बोहोराले जानकारी दिए ।