अप्रिल 12, 2025

नेकपा कार्यकर्ता चौरसिया हत्याका आरोपी तिवारी पक्राउ

 764,948 total views,  259 views today

Tiwari

कार्तिक १७, पर्सा

नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसिया हत्याका मुख्य आरोपितमध्येका उत्तम भनिने निरन्जन तिवारी पक्राउ परेका छन् । प्रहरीका अनुसार भागेर भारत पुगेका उनलाई पक्राउ गरेर ल्याइएको हो ।

नेकपा गाउँपालिका स्तरीय शपथ ग्रहण कार्यक्रममा नेकपाभित्रकै दुई पक्षबीच कुटाकुट भई गम्भीर घाइते भएका चौरसियाको मृत्यु भएसँगै अस्पतालबाटै तिवारी फरार भएका थिए । तिवारीलाई भारतबाट पक्राउ गरेको पर्साकी प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिनुभयो । घटनामा तिवारी पनि घाइते भएका थिए ।

तिवारीले मुकेश चौरसियामाथि भाटा प्रहार गरेको पीडितका परिवारले दिएको जाहेरीमा उल्लेख छ । चौरसिया हत्या अभियोगमा कात्तिक ७ गते पूर्व सभासद राजकुमार गुप्तासहित १२ जना नेता कार्यकर्ताविरुद्व सरकारी वकिलको कार्यालयमार्फत जाहेरी परेपछि अहिलेसम्म तीन जना पक्राउ परेका छन् । अन्य भने फरार रहेका छन् ।