749,228 total views, 179 views today
रासस कार्तिक १७, काठमाडौं
सरकारले पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द्ध रहेकाे पर्यटनका सबै क्षेत्र अब खोल्ने तयारी भइरहेको जनाइएको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोरोना महामारीसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताए ।
मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी थालेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने जानकारी दिए ।
एनएमएका अध्यक्ष सन्तबीर लामाले कोरोना महामारीका कारण पर्यटन व्यवसाय ठप्प हुँदा हिमाल आरोहणका क्षेत्रमा काम गर्ने मजदूर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत समस्या देखिएको बताउँदै यस्तो महामारी तथा कठिन परिस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष (बास्केट फण्ड) स्थापना गर्न आग्रह गरे ।
अन्य खवर
घट्यो सुनको मूल्य
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
फेरि बढ्याे पेट्रोल, डिजेल र ग्यासको मूल्य