डिसेम्बर 24, 2024

प्रधानमन्त्रीले अलग पार्टी बनाएर जान प्रस्ताव गर्नुभयाे: प्रचण्ड

 749,651 total views,  70 views today

कार्तिक १६, खुमलटार

नेकपाका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको बताएका छन् । खुमलटारमा सचिवालय सदस्यसँगको अाजकाे भेटमा प्रचण्डले शनिबार बालुवाटारको भेटमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव राखेको बताएका हुन् ।

१२ दिनको संवादहिनतापछि प्रचण्ड र प्रधानमन्त्रीको शनिबार बालुवाटारमा भेटवार्ता भएको थियो ।

‘‘सँगै जान नसकिने देखिएको हुनाले अब अलग अलग जाऊँ’’ खुमलटार भेलामा सहभागी एक नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई भनेको भनाइ उद्रित गदै भने, ‘‘प्रधानमन्त्री स्वयमले यस्तो भन्न थालेपछि पार्टी एकता कायम राख्न यथासंभव प्रयास गरिरहेका छौँ ।’’

आजको खुमालटार भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी थिए ।

यसअघि पनि पटक पटक नेकपा भित्र विवाद भएकाे थियाे । नेकपा अध्यक्षद्वय बिचको विवाद पदका लागि भएको राजनीतिक विष्लेशकहरूले भन्दै आएका छन् ।