749,306 total views, 257 views today
कार्तिक १६ , सिराहा
बोक्सीको आरोपमा आफ्नै छोराद्वारा निर्घात कुटिएकी ९० वर्षीया सुदामादेवी साह सोनारको मृत्यु भएको छ । सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा कुटपिट गरेर मलमूत्र खुवाउने प्रयास गरेका थिए ।
छोराको कुटपिटबाट गम्भिर घाइते भएकी उनलाई सुरुमा उपचारका लागि जनकपुर लगिएको थियो । कुटपिटबाट उनको घाँटी थिचिएको र घाँटीको हड्डी मोडिएकोले ९० वर्षको उमेरमा हड्डीको सुधार नहुने भन्दै अस्पतालले डिस्चार्ज गरिदिएको थियो ।
बृद्धाको स्वास्थ्य अवस्था गम्भिर बनेपछि थप उपचारका लागि उनलाई सिराहा अस्पताल पु¥याए लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । सिराहा प्रहरीका अनुसार आमालाई कुटपिट गर्ने कान्छो छोरा राम अवतार साहलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।
पतिको निधनपछि उनी एक्लै बस्दै आएकी थिइन् । दुई छोरा आ–आफ्नो परिवारसहित अलग रहेको र तीन छोरीहरुको विवाह भएपछि बृद्धा एक्लै बस्दै आएकी गाउँलेहरु बताउँछन् ।
अन्य खवर
१९९० सालमा भूकम्प गएको सम्झनामा आज देशभर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
देशभर आज र भोलि भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाइँदै
जनकपुरमा पूर्व राजा र हिन्दु धर्मको पक्षमा जनलहर