डिसेम्बर 24, 2024

कर्णाली प्रदेशमा मन्त्रिपरिषद हेरफेर हुँदै-ओली पक्षका दुईमन्त्री हटाइने

 749,737 total views,  156 views today

कार्तिक १६, कर्णाली

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेर गर्नुहुने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका दुई मन्त्रीलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको नेतालाई जिम्मेवारी दिने मुख्यमन्त्री शाहीको तयारी छ ।

ओली पक्षका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने तयारी छ । बैंकिङ कसुरमा परेका खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकासमन्त्री पनि नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

स्रोतको अनुसार चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापालाई मन्त्री बनाइने भएको छ । ओली पक्षले अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाउनुभएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एक ठाउँमा आएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।