749,682 total views, 101 views today
कार्तिक १६,काठमाडौँ
पूर्वमन्त्री तथा कांग्रेस नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ । कोरोना संक्रमण भएपछि ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्मालाई आईसीयूबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको हो ।
उहाँलाई कार्तिक, १ गते कोरोना पुष्टि भएको थियो । ८ दिनसम्म होम आइसोलेशनमा बस्दा पनि स्वास्थ्यमा सुधार नभएपछि विश्वकर्मालाई वीर अस्पतालमा भर्ना गरिएको थियो । वीर अस्पतालमा तीन दिन उपचार गराएपछि उहाँलाई ग्राण्डी अस्पतालमा लगिएको थियो ।
नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । कोरोना भाइरस संक्रमित विश्वकर्मा हाल ग्राण्डी अस्पतालमा उपचाररत छन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका विश्वकर्माको उपचारमा सरकारले विशेष ध्यान दिन कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी आग्रह समेत गरेका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई