कार्तिक १५, सिंहदरबार
अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देखा परेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण भएपनि आर्थिक जीवनलाई गतिशिल बनाउन सरकार प्रतिबद्ध रेहेको बताएका छन् । स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई आगडि बढाई समग्र आर्थिक जीवनलाई गतिशिल बनाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले बताएका हुन् ।
शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भीर संकुचन देखा परेको बताए ।
“कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भीर प्रभाव परेको छ ।” अर्थमन्त्री पाैडेलले भने, “अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण भएपनि अधिकतम प्रयास गर्नेछाैँ ।”
मानिसको जीवन र जीविकाको रक्षाका निमित्त अहिलेको परिस्थितिको सीमा भित्र रहेर चुनौतिहरुलाई सामना गर्दै रोजगारी बढाउने अर्थमन्त्री पौडेलले प्रतिबद्धता प्रकट गरे ।