749,534 total views, 485 views today
कार्तिक १३, नक्साल
भिटेनलाई प्रहरीले कारबाही गर्ने भएको छ । भिटेनको ६ दिन अगाडि रिलिज भएको गीतमा अपशब्द प्रयोग भएको भन्दै प्रहरीले भिटेनलाई कारबाही गर्न लागेको हो ।
‘पारा’ शिर्षक रहेको उक्त गीतमा भिटेनले समाजले सहजै पचाउन नसक्ने अपशब्द प्रयोग गरेको प्रहरीले बताएको छ । चेलीबेटीहरूलाई पनि अपमान जनक शब्द प्रयोग गरेको प्रहरीको आरोप छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए अनुसार समीर घिसिङलाई कारबाही गर्न साइबर ब्युरोलाई प्रहरी प्रधान कार्यलयले निर्देशन दिएको छ ।समीर घिसिङ भिटेनको वास्तविक नाम हो ।
एकवर्ष अघि पनि भिटेनलाई प्रहरीले गीतमा प्रहरीको पोशाक प्रयोग गरी आपत्तिजनक दृश्य देखाइएको र अपशब्द प्रयोग गरेको आरोपमा समातेको थियो ।
लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुने र अभिव्यक्त गर्ने तरिका फरक रहन सक्ने भन्ने वौद्धिक वर्गको तर्क र भिटेनको अम सर्मथकको दबाबका कारण प्रहरीले उसलाई अब उप्रान्त समाजलाई अपच्य शब्द र दृश्य नदेखाउने सर्तमा छाडेको थियो ।
भिटेनलाई कारबाही गर्ने समाचार बाहिर आउनासाथ उक्त ‘पारा’ शिर्षकको गीत यूटुबमा प्राइभेट बनाइएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई