डिसेम्बर 23, 2024

देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न नेपाली कांग्रसको अपिल

 749,479 total views,  430 views today

nepali congress

कार्तिक १३, सानेपा

देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीका अविलम्ब उद्दार गर्न सरकार समक्ष नेपाली कांग्रसले अपिल गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै देहरादुन घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकाे हो ।

आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा बनिसकेको भन्दै नेपाल र भारत दुबै देशका विद्यार्थी एकापसको देशका विभिन्न शहरमा अध्ययनरत भएको र जो जहाँ पढिरहेका छन् सुरक्षीत र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै नभइ त्यसको सुनिश्चितता गर्ने अभिभार दुबै देशका सरकारहरूको भएको कांग्रेसले उक्तमा विज्ञप्तिमा जनाएकाे छ ।

‘‘कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुर्व्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ’’ विज्ञप्तिमा उल्लेख गरिएकाे छ ‘‘देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीहरू माथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरूको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।’’ नेपाली विद्यार्थीहरूको सुरक्षा र सम्मानका लागि गम्भीर पहलकदमी गरेर अगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि नेपाली कांग्रेसका प्रवक्ता एवं सचूना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले उक्त विज्ञप्ति मार्फत नेपाल सरकार समक्ष माग गरेका छन् ।