749,431 total views, 382 views today
कार्तिक १२, काठमाडौँ
सत्तारुढ दल नेकपाको केन्द्रीय समितिको तेस्रो बैठक सरेको छ । नेकपाको कार्तिक १५ देखि १७ सम्म बोलाइएको बैठक सारिएको हो ।
केन्द्रीय कार्यलयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा बैठक मङ्सिर १५ देखि १७ गते बस्ने गरि सारिएको जानकारी दिइएको छ ।
‘‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ । ’’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केन्द्रीय समितिकाे बैठक भदौ २६ मा सम्पन्न भएकाे नेकपा स्थायी समितिले निर्णय गरेकाे थियाे
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई