749,463 total views, 414 views today
चीनको सिन्जियाङ्ग प्रान्तमा अवस्थित काशगार शहरमा एक कोरोना भाइरस संक्रमित भेटिएसँगै शहरका सबै बासिन्दालाई कोरोना परीक्षण गरिँदैछ । बिबिसीले जनाए अनुसार एकजना सङ्क्रमित भेटिएपछि शहरका सबै ४७ लाखको परीक्षण गरिन लागिएकाे हाे ।
शहरको बाहिरी भेगस्थित शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको सङ्क्रमण देखिएको बिबिसीले जानकारी दिएको छ ।
चिनियाँ सरकारी सञ्चार माध्यमलाई उद्रित गर्दै बिबिसीले लेखेको छ, ‘‘नियमित परीक्षणका क्रममा ती महिला संक्रमित रहेको फेला पारिएको हो ।’’
काशगार शहरका विद्यालयहरू बन्द गराइनुका साथै परीक्षणमा निगेटिभ रिर्पोट नआएसम्म त्यहाँका बासिन्दालाई शहर नछोड्न चिनियाँ सरकारले निर्देशन दिएको छ ।
आइतबार अपराह्णसम्म २८ लाख मानिसको परीक्षण गरिसक्दा लक्षणविनाको १३८ संक्रमित भेटिएको छ । बाँकी परीक्षण दुई दिनभित्र सकिने अधिकारीहरूले जनाएका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान