749,359 total views, 310 views today
कार्तिक १०, काठमाडौं
आज दुर्गापक्षकाे मुख्य दिन हाे । आजकाे दिनलाई विजयादशमी भन्ने गरिन्छ । विजयादशमी मान्यजनकाे हातबाट टीका र जमरा लगाएर मनाईने प्रचलन छ ।
याे प्रचलन त्रेता युगबाट सरू भएकाे धार्मिक विश्वास रहेकाे छ । भगवान् रामले रावणमाथि विजय प्राप्त गरेकाे हुनाले असत्यमाथि सत्यकाे विजयकाे प्रतिककाे रुपमा विजयादशमी मनाउन सुरू गरिएकाे विश्वास गरिन्छ ।
विजयादशमी आफैंँमा शुभ दिन भएकाले सामान्य मानिसले साइत खोज्नु नपर्ने भएता पनि साइत खोज्नेका लागि भने बिहान १०:१९ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, अध्यक्ष गौतमले भन्नुभयो ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान