मे 6, 2025

क्यानडाका प्रधानमन्त्रीले दिए दसैंको शुभकामना

 769,491 total views,  103 views today

कार्तिक ९, क्यानडा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोले दसैंको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेका छन् । सन्देशमा उनले क्यानडा तथा विश्वभरका हिन्दू समुदायमा सम्मिलित भएर दसैं मनाउन पाउँदा आफूलाई निकै खुसी लागेको बताएका छन् । क्यानडा बहुधार्मिक देश भएको भन्दै यस्ता महत्वपूर्ण दिनले क्यानडाबासीहरू बिच आत्मीय सम्बन्ध मजबुद बनाएको उनले उल्लेख गरेका छन् । ‘‘विजया दशमीमा दस दिन दुर्गा भवानीको पुजा गरिन्छ’’ दसैंको महत्व दर्शाउदै उनी बताउछन् ‘‘यो हिन्दू धर्मग्रन्थ अनुसार असत्य माथि सत्यको विजय भएको महान दिन हो ।’’कोरोना महामारीका कारण बाक्लो भेटघाट गरि उत्सव मनाउन समस्या पैदा भएको भन्दै विगतका वर्षझैँ भेटघाट र सहभागिता हुन नसके पनि यसले सधाझैँ महत्वपूर्ण अर्थ राख्ने ट्रडो बताउछन् । अन्तिममा उनले दसैं स्मरणीय तरिकाले मनाउनको लागि आफ्नो शुभकामना स्वीकार गर्न अनुरोध गरेका छन् ।