धनुषा , कार्तिक ०८ गते ।
आफ्नो लोक गीत र नृत्यको संरक्षण गर्ने उदेश्यले वडा दशैको अवशरमा जनकपुरको एक वडा अध्यक्षले लोकनाच झिझिया संरक्षण गर्न १० लाखको घोषणा गरेका हुन । जनकपुरधाम उप महानगर पालिका वार्ड ७ का अध्यक्ष जानकिराम साहले एक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो लोक सांस्क़ृतिक संरक्षण अब वार्ड स्तर बाट नै हुनुपर्ने जिकिर गर्दै १० लाख रुपैया झिझिया संरक्षण गर्न उद्घोष गरे । वार्ड ७ को भैरमन्दिरमा आयोजित झिझिया नृत्य र सम्मान कार्यक्रमलाई संबोधन गर्दै वडा अध्यक्ष साहले स्थानीय सरकार र प्रदेश सरकार गठन भएको वर्षों वितीसकदा समेत आफ्नो लोक सांस्क़ृतिक संरक्षण गर्न कुनै किसिमको पहल समेत गर्न नसक्नु दुःखद रहेको बताए ।उनले आफ्नो वार्डको मुसहर समुदायले नै जनकपुरको शक्तिपीठमा गएर झझिया नाच नाच्ने र मनोरंजन गर्ने गराउने गरेकोले यस समुदायको विकासको लागि र लोक नाचको संवर्धनको लागि झिझियाको हब नै निर्माण गर्नु पर्ने जिकिर गर्दै अहिलेलाई १० लाख रुपैयाले मुसहरीमा झिझियालाई सम्बर्धन गर्दै लग्ने विचार व्यक्त गरे ।चितवनको थारूनाच जस्तै मिथिलाको झिझिया , डोमकच, जट-जटीन जस्ता लोकनाचलाई व्यवशयिक रूप दिन सके यहां रोजगारी समश्या समेत थोरै भएपनि समाधान हुने वड़ा अध्यक्ष साहले स्पस्ट पारे ।स्थानीय सरकार गठन भएको झन्डै ३ वर्ष विती सकदा समेत कुनै पनि बजेटमा आफ्नो कला सांस्क़ृतिकलाई प्राथमिकता न दिनु आफैमा हाश्यस्पद रहेको वडा अध्यक्ष साहले आक्रोश व्यक्त गरे ।कला सांस्क़ृति र परम्पराको हिसाबले अन्य भन्दा धेरै अगाडि रहेको मिथिलाको गीत, नृत्य र भाषालाई संघ सरकारले कहिले पनि ध्यान न दिएको जिकिर गर्दै अब त आफ्नो सरकार नै बनी सकेको अवस्थामा लोक गाथा , लोक नाच र भाषा सांस्क़ृतिकलाई संरक्षणमा विशेष पहल गर्नु पर्ने उनको तर्क छ ।आफूले वार्ड ७ मा यस अघि नै मिथिला सांस्क़ृति अध्ययन केंद्र स्थापनाको लागि जग्गा समेत उपलब्ध गराई सकेको सांस्क़ृतिकलाई संरक्षण गर्न लागि परेको वडा अध्यक्ष साहले बताए । जन्म देखी मृत्य सम्मको गीत अन्यत्र कही पनि पाउंदैन यो भूमिमा मात्र पाउने सोहर, लगनी, बटगबनी , समदाओन सहितको गीत संगीत लाई अब हामी आफैले सुरक्षित गर्दै लइजानु पर्ने सुझाए ।भैरव युवा कमिटीको आयोजनमा भएको झिझिया नृत्य र सम्मान कार्यक्रममा प्रमुख अ तिथिको रुपमा जनकपुरधाम उप महानगर पालिकाका प्रमुख लालकिशोर साह उपस्थित थिए भने अध्यक्षता कमिटीका अध्यक्ष पवन कुमार साहको थियो । झिझिया नाच हेर्न उप प्रमुख रीता मिश्र, कार्यपालिका सदस्य श्याम साह , जनता समाजवादी पार्टीका मनोज चौधरी, पूर्व वार्ड अध्यक्ष जिबछ साह सहितको व्यक्ति उपस्थिथिए ।