764,646 total views, 100 views today

कार्तिक ७, काठमाडौं
नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा अाेलीको ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँगको भेट कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । ‘रअ’ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो त्यो आपत्तिजनक रहेको उल्लेख गर्दै रावलले उक्त भेट संविधानद्वारा निर्देशित परराष्ट्र नीति विपरित रहेको बताएका हुन् । यस्तै काङ्ग्रेस नेता गगन थापाले प्रधानमन्त्रीको उक्त भेटलाई कुटनीतिक मर्यादाको उल्लंघन भनेर सामान्य त्रुटीको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै सम्बन्धित मन्त्रालयको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् ।कुटनीतिक वृतका विज्ञहरूले पनि प्रधानमन्त्रीको उक्त भेटले राष्ट्रिय स्वाभिमानमा आच पुराएको टिप्पणी गरेका छन् । पराराष्ट्र मन्त्रालयको अनुपस्थितिमा हुने यस्तो भेटले नेपालको राष्ट्रिय स्वाभिमानमा धक्का पर्ने र यसले दीर्घकालिन असर पार्ने उनीहरूको विचार रहेको छ । बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले एक विज्ञप्ति मार्फत भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा भेट गरेको जानकारी गराएका थिए । उक्त विज्ञप्तिपछि प्रधानमन्त्रीको भेटलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएको हाे ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई