डिसेम्बर 23, 2024

नवरात्रीको सातौं दिन : फूलपाती भित्र्याइदै

 749,367 total views,  318 views today

कार्तिक ७ , काठमाडौँ

दसैंको सातौं दिन हो । आज हरेक घरमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ । आजको दिन फूलपाती भित्र्याएर नवदुर्गा मध्येकी एक कालरात्री देवीको पुजा आरधणा गरिन्छ । दसैंको पहिलो अर्थात नवरात्रीको पहिलो दिन घटस्थापनामा दसैंघर वा पूजा कोठामा विधिपूर्वक पूजा गरि जौंको जमरा राखिएको हुन्छ । त्यसै कोठामा आज उखु, केराको बोट, बेलपत्र तथा सुगन्धित फूल प्रयोग गरि फूलपाती भित्र्याउने गरिन्छ । आजैका दिन काठमाडौंको हनुमान ढोकामा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने चलन छ । गोरखाका राजा पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका माथि विजय गरेपश्चात् यो चलन बसालीएको थियो । नवरात्रीमा नवदुर्गाको पूजा आरधणा गर्नाले शक्ति, एश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।