धनुषा , कार्तिक ०७ गते ।जनकपुरधाम उप महानगर पालिकाको बीच सडकमै एजनाको मृत अवस्थामा लास फेला परेको छ । उपमहानगरपालिका– १३ पीडारीदेखि कुर्था जाने बाटोको हिलाम्य सडक विच एकजना व्यक्तिको लास फेला परेको धनुषा प्रहरीले जनाएको छ । कपाल ठुलो रहेकोले महिला हुन सक्ने स्थानीयको अनुमान रहेको छ भने उक्त लास महिला वा पुरुष कसको हो होइन भन्ने पहिचान हुन सकेको छैन् । मृतकको शरिरमा कपडा समेत देखिएको छैनन् । वडा प्रहरी कार्यालय मुजेलिया र जिल्ला प्रहरी कार्यालय धनुषाको सँयुक्त टोली अहिले घटनास्थल पुगेर अनुसंधान अगाडि बढ़ाएको छ ।प्रहरीले तालीम प्राप्त कुकुरको सहयोग बाट अनुसन्धान अगाडि बढाउन लागेको धनुषा प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताए ।मृतकको पहिचान हुन सकेको छैन । प्रहरीले हिलोबाट बाहिर ल्याएर शवलाई पहिचान गर्ने प्रक्रिया गरी पोष्टमार्टमको लागि अस्पताल पुरयाईने बताईएको छ ।