749,391 total views, 342 views today
कार्तिक ६
आज दसैंको छैठौं दिन हो । छैठौं दिनमा कात्यायनी देवीको पूजाआराधणा गर्ने प्रचलन रहिआएको छ । नवरात्रीमा हरेक दिन नवदुर्गाका ९ वटा रुपहरूको पुजा गरिन्छ । छैठौं तथा आश्विन शुक्ल षष्ठीका दिन नव दुर्गाको ९ वटा रुपमध्येकी एक कात्यायनी देवीको पुजा गरिने प्रचलन रहेको छ । आजको दिनमा कात्यायनी देवीको पुजागर्नाले रोक, भय, दरिद्रता नाश हुने धार्मिक विश्वास छ । विगतका वर्षहरूमा नवरात्रीका हरेक दिन विभिन्न शक्तिपिठ गई पुजा आराधणा गर्ने गरिन्थ्यो । यस वर्ष सम्पुर्ण धार्मिक स्थलहरू बन्द रहेको हुनाले भक्तालुहरू शक्तिपिठ जान असर्मथ छन् । कोरोनाकाे जोखिमलाई मध्येनजर गरेर सरकारले सम्पुर्ण धार्मिक स्थलहरू बन्द गरेको बताएको छ । मन्दिरहरू बन्द रहदाँ धार्मिक आस्थामा ठेस पुगको भन्दै केहि धार्मिकसंस्था तथा भक्तजनहरूले खुल्ला गर्नुपर्ने माग राख्दै आएका छन् । संक्रमणको जोखिम बढ्दै गएको भन्दै सरकारले कुनै पनि धार्मिक स्थलहरू खुला गर्ने अनुमति दिएको छैन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान