Site icon States Khabar

नेपाली वैज्ञानिक रविकान्त ओझाले पत्ता लगाए COVID 19 सम्बन्धी नयाँ तथ्य

नेपाली भाइरस वैज्ञानिक रवि  भन्छन “मुख्य रिसेप्टर ACE2 कम तहमा हुन्छ तर Neuropilin-1 नाकको कोषहरूमा धेरै मात्रामा हुन्छ । यो रिसेप्टरले नयाँ कोरोना भाइरसलाई द्रुत गतिमा फैलिन योगदान पुर्‍याइरहेको छ । जस कारणले COVID 19 ले  ठूलो महामारीको रुप लिएको छ ।

SARS-CoV-2 भाइरसले मानव कोशहरुमा प्रवेश गर्न प्रयोग गर्ने दोस्रो प्रोटिन  पत्ता लागेको नेपाली वैज्ञानिक रवि ओझाले बताएका छन् ।यो अहिले सम्मकै COVID १९ सम्बन्धी नयाँ तथ्य रहेको छ Iयो सफल खोज जर्मन र फिनल्याण्डका अनुसन्धानकर्ताहरूको टोलीले संयुक्त रुपमा गरेको हो I उक्त टोलिको नेतृत्व निउरो वैज्ञानिक मिका सिमन्स र लुडोभिको क्यान्टुटी (टेक्निकल युनिभर्सिटी अफ म्यूनिख, जर्मनी) र भाइरस-वैज्ञानिक ज्युसेप बालिस्ट्रेरी र नेपालि बैज्ञानिक रवि ओझा (हेलसिन्की विश्वविद्यालय, फिनल्याण्ड) द्वारा गरिएको  हो । मानव कोशिकालाई कुशलतापूर्वक संक्रमित गर्न, SARS-CoV-2(COVID-19) ले Neuropilin-1 नामक रिसेप्टरको उपयोग गरेको पाइएको छ । यो Neuropilin-1 रिसेप्टर मानव टिशूहरू, जस्तै स्वास नली, रक्त नली र न्युरोनहरूमा प्रशस्त मात्रामा पाइन्छ । यो खोज “Science” नामक बिश्वप्रसिद्ध journal मा प्रकाशित गरिएको छ।

नयाँ कोरोना भाइरसको संक्रमण किन बढ्दो छ ?

“SARS-CoV-2 ले हाम्रो कोषहरूलाई संक्रमित गर्नको लागि रिसेप्टर ACE2 प्रयोग गर्ने कुरा थाहा भए पनि , भाइरसले प्राय: जसो उनीहरूको संक्रमनको सम्भावना अधिकतम बनाउन धेरै कारकहरू प्रयोग गर्दछन् । अध्ययनमा संलग्न नेपाली भाइरस बैज्ञानिक रवि  भन्छन “मुख्य रिसेप्टर ACE2 कम तहमा हुन्छ तर Neuropilin-1 नाकको कोषहरूमा धेरै मात्रामा हुन्छ । यो रिसेप्टरले नयाँ कोरोना भाइरसलाई द्रुत गतिमा फैलिन योगदान पुर्‍याइरहेको छ । जस कारणले COVID १९ले  ठूलो महामारीको रुप लिएको छ । यस अघि Covid-19 जस्तै भाइरस, SARS-CoV (2003) ले सानो प्रकोपको रुप लिएको थियो । सम्भवतः किनभने संक्रमण तल्लो श्वास प्रणालीमा सीमित थियो, जसले भाइरसलाइ कम ट्रान्समिस्सिबल बनायो । त्यसको बिपरित SARS-CoV-2, माथिल्लो श्वास प्रणाली र नाकको खकार/ सिगानमा संक्रमन गर्छ र फलस्वरूप छिटो फैलिन्छ । हामीले सामान्य कुराकानी गर्दा पनि यो भाइरस अरुमा सर्न सक्छ”, बालिस्ट्रेरी को टोलिमा रहेका एक मुख्य युवा नेपाली अनुसन्धानकर्ता रवि ओझा भन्छन।” SARS-CoV र SARS-CoV-२ दुवै ले ACE2 रिसेप्टर प्रयोग गरेता पनि, किन दुइ भाइरस को संक्रमण दर एकदम फरक छ? यही प्रश्न हाम्रो अनुसन्धान को प्रस्थान बिन्दु रह्यो”, ओझा भन्छन।

एक सम्भावित नयाँ antiviral रणनीति के हुन सक्क्ष ?

अनुसन्धान कर्ताहरूले Neuropilin-1 लाई विशेष रूपमा एन्टिबडीहरूको साथले रोक्दै, प्रयोगशालामा कोशहरुमा हुने संक्रमणलाई घटाउन सक्षम भएका छन् । बालिस्ट्रेरी भन्छन “यदि तपाइँ ACE2 लाइ कोषहरुमा प्रवेश गर्ने ढोका लकको रूपमा सोच्नुहुन्छ भने, Neuropilin-1 ले भाइरसलाइ ढोका सम्म पुर्याउने काम गर्छ । धेरै कोशहरुमा ACE2 को मात्रा धेरैकम स्तरमा हुन्छा । त्यसैले भाइरसका लागि प्रवेशद्वारहरू पत्ता लगाउन सजिलो छैन। Neuropilin-1 ले भाइरसको लागी ढोका पत्ता लगाउन मद्दत गर्दछ। “COVID -19 का संक्रमित हरुको सुँघ्ने क्षमतामा कमि आउने हुदा र Neuropilin-1 नाकमा पाइने हुँदा , बैज्ञानिकहरुले COVID -19 का कारण मृत्यु भएका मानिसहरुको Neuropilin-1 भएका कोषहरू जांच गरेका थिए।” हामीहरु Neuropilin-1 भएको कोषहरू साचै नै COVID -19 बाट संक्रमित छन् कि छैनन् भनेर हेर्न चाहान्थ्यौ र भयो पनि त्यस्तै”, म्युनिकको टेक्निकल युनिभर्सिटीका आणविक न्यूरोबायोलजीका प्राध्यापक मीका सिमन्सले भने ।  बालिस्ट्रेरी सावधानीपूर्वक निष्कर्षमा पुगेका छन्: “हाल न्युरोपिलिन रोक्नको लागि एक व्यवहारिक उपचारात्मक दृष्टिकोण हुन सक्छ कि भनेर अनुमान गर्न धेरै चाँडो छ, किनकि यसले साइड इफेक्टहरू निम्त्याउन सक्छ। भविष्यका अध्ययनहरूमा यसलाई हेर्नुपर्नेछ। हाल हाम्रो प्रयोगशालाले नयाँ अणुहरूको प्रभावको परीक्षण गरिरहेको छ जुन हामीले विशेष रूपमा भाइरस र Neuropilin-1 बीचको सम्पर्क बुझनको लागि डिजाइन गरेका छौं। प्रारम्भिक परिणामहरू धेरै आशाजनक छन्।

Exit mobile version