Site icon States Khabar

रानीपोखरी बिहीबारबाटै आम मानिसका लागि खोलिने

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको रानीपोखरी आम मानिसका लागि खुल्ने भएको छ । पुनःनिर्माण पश्चात निकै आर्कशक देखिएसँगै धेरै जना नजिकबाट नियाल्न इच्छुक हुन सक्ने भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणले रानीपोखरी आम मानिसका लागि खोल्ने तयारी गरेको हो । 

रानीपोखरीको निर्माण मल्लकालिन राजा प्रताप मल्लले गराएका थिए । छोराको मृत्युशोकमा डुबेकी रानीलाई खुसी बनाउन पोखरीको निर्माण गराइएको थियो । पोखरीको बिचमा बालगोपालेश्वर मन्दिरको निर्माण पनि त्यसै समय गरिएको हो । मन्दिर शिखर शैलीमा बनाइएको थियो । 

रानीपोखरी र पोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरलाई ०७२ वैशाख १२ को भुकम्पले क्षति पुर्‍याएको थियो । यस अघि मन्दिर गुम्बज शैलीमा थियो । पुनःनिर्माण पश्चात रोनीपोखरीलाई पुरानै मौलिक शैलीमा फर्काएपछि दृष्यावलोकन गर्न इच्छुक आम मानिसका लागि खोल्न लागिएको हो । बिहीबारबाट खोल्न लागिएको रानीपोखरी हाललाई सशुुल्क प्रवेशको तयारी गरिए पनि भावीदिनमा सशुल्क गर्ने या निशुल्क भन्ने टुङ्गो लागि नसकेको प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञावालीले बताए । 

रानीपोखरीको पुनःनिर्माण कार्यमा करिब २८ करोड लागत लागेको बताइएको छ ।

Exit mobile version