749,284 total views, 235 views today
पुनः निर्मित रानीपोखरीको आज उद्घाटन भएकाे छ । २०७२ वैशाख १२ को भूकम्पमा क्षतिग्रस्त भएको रानीपोखरीको पुनः निर्माण कार्य २०७२ कै माघ २ गते सुरु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेपछि पुनः निमार्णको काम अघि बढाइएको थियो ।
आधुनिक शैलिमा बनाउने कि पुरानै शैलिमा बनाउने भन्ने लामो विवादका कारण पुनः निर्माण कार्य रोकिन पुगेको थियो । पछि यसको वास्तविक पुरानै शिखर शैलीमा पुनः निर्माण अगि बढाइएको हो । सम्पदाप्रेमी र सम्पदाविद्वहरूले पुरानै शैलीमा बन्नुपर्नेमा जोड दिएपछि रानीपोखरीको पुनः निर्माण पुरानै शिखर शैलीमाा गरिएको हो ।
शिलान्यास भएको पाँच वर्षपछि पुन: निमार्ण कार्य सम्पन्न भएकाे रानीपोखरीको आज उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवीद्वारा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । उद्घाटन पश्चात रानी पोखरीले कुरुपबन्दै गएको शहरमा प्राण थपेकाे छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान