Site icon States Khabar

विश्वभर ३ करोड ६ लाख भन्दा बढी कोरोना मुक्त

कार्तिक ५
हालसम्म विश्वमा ३,०६,२४,२५५ जना कोरोना संक्रमित संक्रमण मुक्त भइसकोका छन् । विश्वमा जम्मा कोरोना संक्रमित सङ्ख्या ४१,०२९,२७९ छ । जसमध्ये ११,२९,४९२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित छन् ।  संयुक्त राज्य अमेरिकामा हालसम्मको जम्मा कोरोना संक्रमित सङ्ख्या ८५,२०,३०७ छ । जसमध्ये ३२,९५,१४८ जना संक्रमण मुक्त भइसकेका छन् भने २,२०,९४० संक्रमितको मृत्यु भइसकेको छ । 
हाम्रो छिमेकी मुलुक भारतमा जम्मा कोरोना संक्रमित सङ्ख्या ७५,९७,०६३ छ । संयुक्त राज्य अमेरिका पछि सबैभन्दा धेरै संक्रमित हुने देश भारत हो । भारतमा हालसम्म ६७,३३,३२८ जना संक्रमित कोरोना संक्रमण मुक्त भइसकेका छन् भने १,१५,१९७ संक्रमितको मृत्यु भइसकेको छ । 
विश्वभरको कोरोना संक्रमित देशको तथ्याङ्क अनुसार ५२,७३,९५४ संक्रमितसहित तेस्रो बढि कोरोना संक्रमति हुने देश ब्राजिल छ । ब्राजिलमा हालसम्म ४५,२६,३९३ संक्रमित संक्रमण मुक्त भइसकेका छन् भने १,५४,८३७ संक्रमितको मृत्यु भइसकेको छ । 
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हाल १,३९,१२९ कोरोना संक्रमित छन् । जसमध्ये ९६,६०९ जना संक्रमित निको भइसकेका छन् र ७३५ संक्रमितको मृत्यु भइसकेको छ । 

Exit mobile version