Site icon States Khabar

साझा पार्टी र विवेकशील नेपाली दल एकीकरण हुने

काठमाडौँ , कार्तिक ४

बिवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले पार्टी प्रमुखलाई ‘संयुक्त प्रतिवेदन’ बुझाएका छन् । संयुक्त प्रेस विज्ञप्ति मार्फत एकीकरणका लागि भएको वार्ताको प्रतिवेदन मिति २०७७ असोज २९ गते साझा पार्टीका संयोजक रविन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई वार्ता टोलीले बुझाएको जानकारी दिएको हो ।

विज्ञप्तिमा आज साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आ–आफ्नो पार्टीका संघिय/केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख गरिएको छ । उक्त प्रतिवेदनलाई दुवै पार्टीका संघिय/केन्द्रीय समितिमा छलफल र अनुमोदन गर्दै आ–आफ्ना पार्टी विधानमा तोकिए बमाेेेेजिम एकीकरण प्रक्रियालाई पुर्णता दिने विज्ञप्तिमा जनाइएको छ । 

विवेकशीलका तर्फबाट संवाद समितिको नेतृत्व निर्देश सिलवालले गरेका थिए भने साझाका तर्फबाट समीक्षाले नेतृत्व गरेकी थिइन् ।

२०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गतेको थियो । एकीकरणको पक्षमा नरहेका साझा पार्टीका तत्कालिन प्रवक्ता सुर्यराज आचार्य, केन्द्रिय सदस्य मुमाराम खनाल र मानवी पौडेलले पार्टी परित्याग गरेका थिए । 
यस अघि मिति २०७४ साउन ११ गते एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो । स्थानिय निर्वाचनमा छुट्टा छुट्टै भाग लिएका दुइ पार्टी संघीय र प्रदेश निर्वाचनको मुखमा एकीकरण भएका थिए । एकीकरण भएको १६ महिना पछि पार्टी फुटेको थियो ।

संयोजकद्वय उज्वल थापा र रविन्द्र मिश्र बिचको खटपटका कारण पार्टी फुटेको थियो । रविन्द्र मिश्रले पार्टी एकलौटि ढंगले चलाएको भन्दै उज्जल थापा समूहले पार्टी फुटाएको थियो ।    

Exit mobile version