लुम्बिनी , कार्तिक ४
लुम्बिनी प्रदेशले आफ्नाे प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा कोरोना उपाचार निःशूल्य राखेको जानकारी दिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका हुन् । केन्द्रिय सरकारको आइतबारदेखि लागू हुनेगरि आम नागरिकले कोरोना परीक्षण तथा उपचार आफै गर्नुपर्ने निर्णयको विपरित लुम्बिनी प्रदेशले आम नागरिकका लागि पनि उपचार निःशूल्क राखेको हो ।
केन्द्र सरकार स्वास्थ्य संकटको बेलामा पन्छिएको गुनासो आइरहेको बेलामा लुम्बिनी प्रदेशको यो कदमले प्रदेशका नागरिकलाई केहि रहात महसुस गराएको छ । संघिय प्रणालीमा प्रदेशलाई स्व निर्णयको अधिकार रहने सन्देशसहित आएको लुम्बिनी प्रदेशको यो कदमको विज्ञहरू तथा आम नागरिकले मुक्तकण्ठले प्रसंसा गरेका छन् ।