749,641 total views, 60 views today
सरकारले सांसदलाई दशैंभत्ता बाढेपछि आम नागरिकले चर्को विरोध गरेका छन् । राज्य कोषमा रकम अभाव भएको भन्दै आम नागरिकले कोरोना उपचार तथा परिक्षण आफ्नै खर्चमा गर्नु पर्ने निर्णय गरेको सरकारले सांसदलाई भने केहि दिन अगाडि दशैंभत्ता बढेको थियो ।
जसपाको सोमबार बसेको बैठकले दशैंभत्ता खारेज गरि कोभिड–१९ पीडितलाई राहत दिन सरकारसँग माग गरेको छ । पार्टी प्रबक्ता विश्वद्वप पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयका बारेमा जानकारी गराएका हुन् । दशैंभत्ता खारेज नगरे सबै जसपा सांसदले दशैंभत्ता नलिने पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।
कांग्रेसले आफ्ना सांसदहरूको दशैं भत्ता ‘कोरोना भाइस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय गरेको छ । यस अघि नेपाली कांग्रेसका गगन थापा, बालकृष्ण खाँण लगायतका केहि सांसदहरूले व्यक्तिगत रुपमा दशैंभत्ता नलिने जानकारी गराएका थिए ।
विरोधकै कारण सत्तारुढ दल नेकपाले पनि आफ्नो दलका सांसदहरूको दशैं भत्ता ‘कोरोना भाइस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय गरेको छ ।
यो निर्णयहुनु पूर्व व्यक्तिगत रुपमा नेकपा सांसदहरू नरायणकाजी श्रेष्ठ, भीम रावल, विन्दा पाण्डे, जनार्दन शर्मा, सूर्य पाठकले भत्ता नलिने जानकारी गराएका थिए । उनीहरू मध्ये कसैले संसद सचिवालय मार्फत रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए भने कसैले कोरोना संक्रमितलाई सहयोग गर्ने जनकारी गराएका थिए ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई