749,672 total views, 91 views today
न्यूजिल्यान्डका मतदाताले ४० वर्षीय ज्यासिन्डा आर्डेनलाई दोस्रो पटक प्रधानमन्त्री बनाउनका लागि अत्याधिक मत दिएका छन् । यस अघि उनी २०१७ मा ३७ वर्षको उमेर छदा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् ।
मिश्रित तथा समानुपतिक मतदान प्रणाली सुरुभएको २४ वर्षको इतिहासमा पहिलो पटक ज्यासिन्डाको मध्य वामपन्थी लेबर पार्टीले ४९ प्रतिसत मत ( प्रारम्भिक नतिजा अनुसार ) ल्याएर अत्याधिक मत प्राप्त गर्ने पहिलो पार्टी बनेको छ । यस अघि एउटै पार्टीले यो सङ्ख्यामा मत ल्याएको थिएन ।
कोरोना महामारीको कुशलता पुर्वक नियन्त्रण कार्यमा लागेको हुनेले ज्यासिन्डा देशभित्र मात्र नभइ विश्वभरी नै चर्चामा छिन् । ज्यूजिल्यान्डमा हालसम्म जम्मा कोरोना संक्रमित सङ्ख्या १८८६ छ । जसमध्य १८१९ जना संक्रमण मुक्त भइसकेका छन् भने २५ जनाले ज्यान गुमाएका छन् । ज्यासिन्डाको कोरोना नियन्त्रणको सफल रणनीतिले पनि उनलाई जनता माझ थप लोकप्रिय बनाएको हो । जसको परिणाम स्वारुप उनको पार्टीले अत्याधिक मत ल्याउन सफल भएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई