749,376 total views, 327 views today
कोई छन भोकै, कोई राहतको प्रतीक्षामा चावल कुहीएर सड्दै छ पालिकाको गोदाममा
धनुषा , कार्तिक १ गते ।
उप महानगरमा विपन्न, असहाय, गरीव र दैनिक मजदूरी गरेर जीविपकोपार्जन गर्नेको संख्या ठुलो छ । स्थानीय सरकार बनेपछि जनतामा अशाको किरण देखा परेको थियो । सरकारले आफ्नो पालिका भित्रका आम जनताको लागि के के न गर्ने होला भनेर पनि पक्का सोचेको हुनुपर्छ । तर त्यस्तो केहि भएन । उपमहानगरपालिका क्षेत्र भित्रका थुप्रै व्यक्तिहरु भोक भोकै परेको बेला पालिकाले राहत वितरणका लागि किनेको चामल व्यवस्थापन र संरक्षण अभावमा कुहिन थालेको छ ।
कोरोना संक्रमणको समय लकडाउनको बेला नगर भित्रका गरीव र विपन्न परिवारलाई राहत वितरण गर्न ल्याएको चामलहरु पालिकाको गोदाम घरमा छरपस्ट देखिएको छ । पालिका भित्र बन्दै गरेको नयाँ भवन भुइँतल्लमा चामलका बोरा महिनौंदेखि फालेर राखिएको स्पस्ट देखिन्छ ।
कतिपय बोरा बाँधिएका छन् भने कतिपय बोरा खुला नै छ । बोराबाट चामल भूइँमा छरिएर कुहिएको अवस्थामा छ । हेर्ने र लेखा जोखा गर्ने कोई छैन । पालिका भित्र राहतको लागि मँगाईएको बोराभरीका यो चावलहरु संग कसैको कुनै मतलब नै छैन ।
कोरोना संक्रमणका कारण थुप्रै ज्याला, मजदुरी गरेर जीवन यापन गर्नेहरु पालिका भित्र बेरोजगार छन मजदूरहरु । दुइ छाक खानाको जोहो गर्ने उपमहानगर भित्रका हजारौं मजदुर बेरोजगार भएका छन् भने उपमहानगरपालिकामा चामल कुहिरहेको छ । राहत वितरण पस्चात बांकी रहेको चामललाई गोदाममा सड़ाउनु भन्दा विपन्न समुदायलाई वितरण गरिदिदा राम्रो हुन्थ्यो र सकारत्मक संदेश समेत जाने थियो वार्ड ४ का अध्यक्ष सुदर्शन सिंहले बताए । अध्यक्ष सिंहका मेयर र उप मेयर गर्ने निर्णय हो यो आफूहरु सहयोग गर्न तैयार रहेको तर्क गरे ।
एता उपमहानगर–७ का वडाध्यक्ष जानकीराम साहले मेयर र उप मेयरको अदुर्दर्शिताको कारण नै चावल अझै गोदाममा सडी रहेको प्रतिक्रिया दिए । पालिकाको २५ वार्डमा राहत वितरण समपन्न भएकोमहीनो विती सक्यो , बोर्ड बैठक समेत भयो कुनै दिन चावल यसरी बाकी रहेको चर्चा सम्म मेयर वा उप मेयरले न गरेको आरोप लगाए ।
‘मेयर साहब आफुलाई दूरदर्शी भन्नु हुन्छ ख़ोई त यस विसयमा उहाँको दुर्दासशीता’ वार्ड ९ का अध्यक्ष परमेस्वर साहको प्रश्न छ । साहका अनुसार यो चावलको सदुपयोग हुनु पर्थ्यो तर भएन अब आउने बोर्ड बैठकमा आफू यस विसयमा जोड़दार रुपमा आवाज उठाऊने बताए ।
यस संदर्भमा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्र भने संरक्षण अभावमा केही चामल कुहिएको छोटो प्रतिक्रिया दिईन । उनले बाँकी चामल छिट्टै वितरण गर्ने बताउनु भयो । कोरोना संक्रमण बढ़े सँगै राहत वितरणका लागि उपमहानगरले गत आर्थिक वर्षमा २ लाख ५९ हजार ७२५ किलो चामल खरिद गरेको थियो । ४२ रुपैयाँ प्रतिकिलोग्रामको दरले सोना मन्सुली चामल खरिद गरेको थियो । उपमहानगरका जिन्सी शाखा प्रमुख गणेशकुमार यादवका अनुसार खरिद गरिएको चामलमध्ये उपमहानगरका २५ वटा वडामा कूल २ लाख ५० हजार ३३५ किलो चामल राहत स्वरूप वितरण गरिएको थियो । बाँकी रहेको ९ हजार ३९० किलो चामल केही महिनासम्म उपमहानगरको कार्यालयमा सुरक्षित नै राखिएको बताए ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान