अबको पर्यटन सेवामुलक मात्र न भै सुरक्षामुलक पनी हुनुपर्छ। संक्रमणकालको यो अफ्ठ्यारो घडीमा एकतर्फ मानव बचाउनु छ भने अर्को तर्फ देशको अर्थतन्त्र पनी जोगाउनु छ।
नेपालमा पनि विविध जातजाती भाषा संस्कृति अनुसारका विविध परिकारहरु छन्। तर नेपालको रैथाने खानाको परिकार पर्यटनसँग प्रत्यक्ष जोड्न सकिएको छैन। सभ्यता, संस्कृति र मौलिकतासँग खानाको सम्बन्ध हुन्छ । नेपालको विविधतामध्ये खानाको परिकार पनि एक हो । ठाउँ परिवेश र समुदाय अनुसार खानाका परिकारमा पनि विविधता छ । पर्यटन मन्त्रालयले होटल,रेस्टुरेन्ट एवं अन्य पर्यटन संग सम्बन्धित व्यवसाय सकुशल संचालन गर्न कोभिड प्रतिरोधात्मक निर्देशनहरू ल्याएको छ। अबको पर्यटन सेवामुलक मात्र न भै सुरक्षा मुलक पनी हुनुपर्छ। संक्रमणकालको यो अफ्ट्यारो घडीमा एकतर्फ मानव बचाउनु छ भने अर्को तर्फ देशको अर्थतन्त्र पनी जोगाउनु छ। भ्रमण बर्ष २०२० सफल पार्न धेरै युवा उद्यमीहरूले देशको कुनाकाप्चाहरूमा आफ्ना सम्पुर्ण सम्पत्ति होटल र पर्यटन क्षेत्रमा लगानी गरे। अब उनीहरूको भविष्य के हुन्छ? सरकारले के गर्दैछ ? भने प्रश्न टड्कारो रुपमा रहेको छ । अहिले टाढा बाट पर्यटक नआएपनी चीन र भारतबाट आउनसक्छन। लकडाउनले बिक्षिप्त बनाएको अबस्थामा हामी सबैजना प्रकृतिकको काखमा बसेर खुल्ला हावामा सास फेर्न चाहन्छौ । तसर्थ आन्तरिक पर्यटनको मजबुत जग बसाल्ने उपयुक्त समय यही हो। अहिले धेरै नेपाली बिदेशमा अलपत्र छ। उनीहरूको सुरक्षित स्वोदेश फिर्तिको लागी पनी होटल चाहिन्छ । यो राज्यको मात्र हैन, हाम्रो पनी कर्तब्य हो। साथै पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नेपाली रैथाने खाना सम्बन्धि खोज अध्ययन गर्दा हिमाल तराई र पहाडमा गरि नेपालमा थुप्रै प्रकारका खानाहरु छन् नेपाली भएर पनि आफ्नै खानालाई प्रचार गर्न नसक्दा म संयम भान्से आफैपनि सन्तुष्ट छैन। ‘हामी अरुको खाना सम्बन्धि घोटेर पढ्छौं, पकाउँछौ तर आफ्नै खानाको किन वास्त गर्दैनौं ? राजधानीमा विभिन्न समुदायका खाना पाइने भए पनि त्यसमा मौलिकता छैन । जातीय विविधतासँगै खानामा पनि विविधता रहेको छ । तर पछिल्लो समय धेरैले आफ्नो भाषा, संस्कार र संस्कृति छाड्दै गएको र त्यसको प्रभाव खानामा पनि परेको देख्दा दुख लाग्छ। मौलिक नेपाली खानाहरु वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण रहेको छ। पहिलो त्यो गाउँमा ठाउँ समाजमा बसेर पनि पुर्खाहरुले सिजन अनुसारका खानाहरु खाने गर्थे जस्तैः जाडो मौसममा शरिरलाई न्यानो हुने खाना र गर्मी याममा शरिरलाई चिसो राख्ने खाना तर अहिले १२ महिना नै १२ सिजनाका खाना खान्छन् यसले शरिरलाइ स्वास्थ्य राख्दैन यी खाना जिब्रोको स्वादका लागि मात्र हुन। हामीले सुन्दै आयका ८४ व्यञ्जन नेपाली भोजन विश्वकै सबैभन्दा ठूलो कोर्स हो तर हामी दालभात तरकारी र भातदाल तरकारीमा मात्र सिमित छौ यही नेपालीको असली पहिचान बनेको छ । ‘हाम्रा मौलिक खानालाई हामी आफैंले चाँसो दिएका छैनौ भने खानाको रेसिपी बनाउन पनि सकेका छैनौ । नेपाली सेफहरुले नेपाली खानाको विषयलाई लिएर खासै रुचि जगाउनु भएको देखिदैन बरु विदेशि खानालाई प्रथामिकता दिएर आफुहरुलाई उच्च स्थानमा रहेको महसुस गर्ने परिपाटी रहेको छ । त्यसैले नेपाली खानालाई नेपालभन्दा बाहिर चिनाउन सकेको छैन । दुःखको कुरा यो छ कि पुर्व मेचीको नेपालीले पश्चिम महाकालीमा के खाना खान्छ त्यो सम्म थाहा पाएका छैनन । मानिसले खानामा विज्ञान र स्वास्थ्य दुवै खोज्छ ।नेपाली खाना यी दुवैसँग एकदम नजिक छ । भोलिका दिनमा नेपाली खाना विश्वले खोज्ने छ । हामी नेपाली सेफहरु मिलेर नेपाली खानाको जगेर्ना गर्नु जरुरी छ। सकारात्मक सोचौ, प्राकृतिक जिव जिवाणु प्रति प्रेम र ध्यान चिन्तनले,हामी भित्र खुशी मात्र हैन पुरै जिवन परिवर्तन गरिदिन सक्छ।