749,536 total views, 487 views today
धनुषा , आश्विन २६ गते । पालिका भित्र कोरोना संक्रमीतहरुको संख्या बढ्दै गएपछि जनकपुरका मेयर लालकिशोर साहले ऊतिबेला नगरवासीको लागि कोरोना टेस्ट गर्न पीसीआर मेसिन खरीद गर्ने वचन दिए तर पीसीआर टेस्टको मसीन खरीद त पर जाओस स्थानीय सरकारले एउटा सामान्य आइसोलेसन त बनाउंन सकेन ।
अब उप महानगरले पुनः अर्को आस्वाशन दिएको छ । आइतवार उप-महानगरले नगरवाशीको लागि जनकपुरमा शव दाह गर्न इलेक्ट्रिक मशीन खरीद गर्ने जनकपुरधाम उप महानगर पालिकाको बोर्ड बैठकले निर्णय गरेको छ ।
उप महानगरपालिकाकी उप-प्रमुख रीता मिश्रको अध्यक्षतामा आइतवार भएको बोर्डको बैठकले सर्वसम्मत बाट दाहसंस्कार गर्न मेसिन खरीद गर्ने निर्णय भएको बोर्ड सदश्य वडा नंबर ७ का अध्यक्ष जानकिराम साहले जानकारी दिएका छन ।
दाह संस्कारको लागि मशीन कहिले खरीद गर्ने भन्ने बारे बैठकले स्पस्ट न गरेपनि ठाउको पहिचान गरेर यथासीघ्र मशीन खरीद प्रक्रियामा जाने बैठकले निर्णय गरेको कार्यकारी प्रमुख समेतको अख्तियारी पायेकी उप प्रमुख मिश्रले बताउनु भयो ।
झन्डै चार महीना पछि बसेको पालिकाको बोर्ड बैठकमा विजया दशमीमा बिजुली बत्ती लगाउने, दलित छात्रावास , क्वारण्टाइनमा खटेको भत्ता र तलब सम्बंधमा, पालिका भित्र बिभिन्न वडाको लागि योजना सम्बन्धमा, लैंडफील साइडको सहितको विसयमा बैठकमा छलफल भएको बोर्ड सदश्य वडा नम्बर ९ का अध्यक्ष परमेस्वर साहले बताए ।
बिजुली बत्ती सम्बंधमा जनकपुरधाम उप महानगर पालिकाले दशमीमा बिजुली बत्ती पालिका भित्र जडान गर्न न सक्ने एक सूचना नै जारी गरेर नगरवासी संग क्षमा याचना गर्दै दुख प्रगट गरेका छन ।
उप महानगर पालिकाका प्रमुख प्रशाशकीय अधिकृत मेहीलाल यादवको हस्ताक्षर सहितको सूचना जारी गरेर विजया दशमी पछि मात्र नगर भित्र बिजुली-बत्ती लागाउन सकिने जनाउ दिएका छन ।
बिजुली बत्ती लागाउने विसयमा पालिका द्वारा जारी गरिएको सूचना दुःखद रहेको वडा अध्यक्ष जानकारीराम साहले बताए ।
प्रत्येक शाल विजया दशमीको बेला उप महानगरले वडाहरुमा दिदै आएको बल्ब यस वर्ष न दिनु दुर्भाग्यपूर्ण रहेको साहको तर्क छ । प्रमुख लालकिशोर साहको अनुपस्थितिमा उप मेयर र प्रमुख प्रशाशकीय अधिकृत मेहीलाल यादवको विशेष उपस्थितमा अधिकांस बोर्ड सदश्यको उपस्थिति रहेको थियो ।
पालिका प्रमुख संग असन्तुष्ठ नगरवासी भन्छन, ‘मेयर साहब पहिले पीसीआर मेसिन खरीद गर्नुश पछि शवदाह गर्न मसीन खरीद गर्नु होला ।’
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई